अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, सकारात्मक जवाफ नआए एमसिसी पास हुँदैन : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १६ : ३६
अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, सकारात्मक जवाफ नआए एमसिसी पास हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीका केही बुँदाहरुलाई परिमार्जन गर्न कुटनीतिक नोट पठाएको बताएका छन् । उनले अमेरिकाले कुटनीतिक नोटको सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने घोषणा गरेका छन् ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको जवाफको पर्खाइमा बसेको बताए ।

‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन,’ सत्ता साझेदार दोस्रो ठूलो दलका अध्यक्षसमेत रहेका प्रचण्डले भने,  ‘यस विषयमा अमेरिकाले पनि छिटो जवाफ दिनेमा म आशावादी छु ।’

सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारले गरेको छ । 

प्रतिक्रिया दिनुहोस