काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज पनि स्थिर सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार ९३० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम गरेको छ । १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?