काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो ।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत पठाइएको उच्च स्रोतले जानकारी दियो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
१५ साउनमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको तार काटिदिँदा दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएपछि सरकार सो घटनाको विषयमा डेढ महिना मौन बसेको थियो ।
गत साता मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले दार्चुला घटनाको विषयमा कूटनीतिक तवरमा हल गरिनुपर्ने सुझाव दिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।
समितिले एसएसबीको उपस्थितिमा घटना भएको र थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।
समितिले प्रतिवेदन बुझाएपछि भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ भदौ २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
सरकार-शिक्षक वार्ता जारी, को-को छन् सहभागी ?
सरकार र शिक्षकबीच वार्ता सुरु
सरकारसँगको वार्ता अघि शिक्षक महासंघ आन्तरिक छलफलमा
जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता