काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन्। जबर्जस्ती मेजमानीको रुपमा आएको पाहुना भन्दै उनले यो सरकार धेरै दिन नटिक्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसिसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्तिसमेत जनाए। सोझै संविधानलाई चुनौती दिनेगरी उर्दी जारी नगर्न सचेत गराएका एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक बेपत्ता हुँदासमेत भारतीय पक्षसँग कुरा गर्न नसकेकोमा आक्रोश पोखे। सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको नेतृत्व लिइरहेकाहरूलाई ‘घरको बाघ र वनको स्याल’को संज्ञासमेत दिए ।
उनले सभामुखप्रति आक्रोस पोख्दै संसद्मा एमाले र सभामुखबीच टसल हुने संकेतसमेत गरे। उनले सभामुखलाई गठबन्धनको मतियार हो वा एमालेविरुद्ध षड्यन्त्रको मोहरा बन्दै आएको भन्दै आरोप लगाए। ‘पर्सि संसद् सुरु हुँदै छ। हामीले सोध्नैपर्ने हुन्छ सभामुखलाई, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता, कि गठबन्धनको मतियार हो, कि एमालेविरुद्ध जालझेल गर्ने सरकारको एउटा मोहरा हो, कि के हो सभामुख भनेको रु’ ओलीले प्रश्न गरे।
ओलीले सभामुख अग्निप्रसाद सापकोटा षड्यन्त्रको हिस्सेदार भएकाले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने दाबी गरे। ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउनमा सरिक हुने, षड्यन्त्रको हिस्सेदार, षड्यन्त्रको भागीदार अनि एउटा षड्यन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सक्दैन,’ उनले भने ।
सापकोटाले सभामुखको आसनबाट बोल्न नसुहाउने भाषा पनि बोलेको आरोप ओलीले लगाए। केही थाहा नभएको व्यक्ति सभामुखको कुर्सीमा विराजमान भएको भन्दै यो देशका लागि दुर्भाग्य भएको पनि ओलीको भनाइ थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ भदौ २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’