सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १३ : ३१
सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ ।

सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन शनिवार आह्वान गरेकी थिइन् ।सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस