जनता बैँकको सुपर एजेन्टमा जीएमई रेमिट

विहीबार, ०६ बैशाख २०७५, १३ : ३०
जनता बैँकको सुपर एजेन्टमा जीएमई रेमिट

काठमाडौँ । जनता बैँक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट” को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रा.लि. लाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि संझौतामा जनता बैँक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गर्नुभयो ।

हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति थियो ।
सम्झौता बमोजिम “जनता रेमिट” मार्फत पठाएको रकम जीएमई रेमिट प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ  भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैँक नेपाल लि. ले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैँक नेपाल लि. ले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।  हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ ।
आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस