ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पार्किङ गरी राखिए अवस्थामा हराएको एकथान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले फेला पारेर सम्बन्धित सवारी धनीलाइ बुझाएको छ ।
गत १४ भदौ हराएको मे ६ प २९९५ नम्बरको डिस्कभर १२५ सीसी भएको कालो रातो रंगको मोटरसाइकल खोजतलाका क्रममा शनिबार फेला पारी सम्बन्धित धनीलाइ बुझाएको जिल्ला प्रहरी कार्यालय तालेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।
झापा अर्जुनधारा नगरपालिका वडा नं ६ बस्ने गोविन्द ढुङ्गानाले फुङ्लिङ नगरपालिका वडा नं ४ मा पार्किङ गरेर राखेको मोटरसाइकल हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते