रुखबाट लडेर एक जनाको मृत्यु

रासस

आइतबार, २० भदौ २०७८, १० : ४१
रुखबाट लडेर एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

उनले आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको बताए। 

प्रतिक्रिया दिनुहोस