बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीजलक्षित नगद फिर्ता योजना

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १९ : ३९
बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीजलक्षित नगद फिर्ता योजना

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । 

उक्त योजनाअन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगद फिर्ता पाउनुहुनेछ । ग्राहक महानुभावहरुले नगद फिर्ता योजनामा सहभागी हुनको लागि अनलाइन अर्डरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङमार्फत स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ ।

यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी  २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगद फिर्ता योजनामा सहभागी पश्चात् प्रयोगकर्ता महानुभावहरुले कारोबार गर्नुभएको मूल्यको २५% वा रु.५०० सम्मको नगद फिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहक महानुभावहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटकसम्म प्रयोग गर्न सक्नुहुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । नेपालीहरुको महान चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । 
 

प्रतिक्रिया दिनुहोस