काठमाडौं । यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सामाखुसीबाट चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताए ।
पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसी छन् ।
प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको एसएसपी खापुङ्गले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
१० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात
२० करोड बराबरको यार्सागुम्बा निर्यात
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी