पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताए ।
प्रदेश प्रमुख गुरुङले यस क्याम्पसको शैक्षिक एवं भौतिक विकासमा अझै सबैको साथ र सहयोग भए आर्थिक स्रोत न्यून भएका विद्यार्थीका लागि उच्च शिक्षा आर्जन सहज हुनेमा जोड दिए।
क्याम्पसका संस्थापक जर्ज जोनले यसको स्थापना एवं सञ्चालनमा तत्कालीन शिक्षाप्रेमीलगायत स्थानीयवासीको उल्लेखनीय भूमिका रहेको उल्लेख गरे । क्याम्पस प्रमुख प्रा डा सरोज कोइराला र व्यवस्थापन सङ्काय प्रमुख डा नीरबहादुर कार्कीले क्याम्पसको गतिविधिमाथि प्रकाश पारेका थिए ।प्रदेश प्रमुख गुरुङले क्याम्पस हातामा स्थापना गरिएको स्मृति भवन पनि अवलोकन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ भदौ २०७८, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती