काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २३ गते भन्दाअघि मन्त्रिपरिषद् विस्तार नहुने संकेत गरेका छन् । बिहीबार बिहान सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको भेट भएको थियो ।
एकीकृत समाजवादीको आज स्थापना भएको संसदीय दलको कार्यालयमा दलको नेताको पद सम्हालेपछि नेपालले भने– ‘मन्त्रीपरिषद विस्तारका विषयमा २२ र २३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन ।
त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान बालुवाटारमा भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा