काठमाडौं । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइजनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। बर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु