काठमाडौं । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइजनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। बर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु