'स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्'

पत्रपत्रिकाबाट

विहीबार, १७ भदौ २०७८, ०८ : ०३
'स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्'

काठमाडौं । सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ ।  अदालतले अंग प्रत्यारोपण ऐनको व्याख्या गदैै अब मिर्गौलाको दान नजिकको नातेदारले पनि गर्न सक्ने आदेश गरेको छ ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश सुनाएको छ ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीले दायर गरेको रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला लिन सक्ने आदेश दिएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस