निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका डान्सबारदेखि के–के खुले ?

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, ०७ : ५५
निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका डान्सबारदेखि के–के खुले ?

काठमाडौं । काठमाडौँ उपत्यकाका शिक्षण संस्था सञ्चालनमा  लचकता  अपनाइने भएको छ । करिब  छ  महिनादेखि  जारी  निषेधाज्ञा  खुकुलो  पार्दै  बुधबार  काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको  बैठकले  यस्तो  निर्णय गरेको हो । 

काठमाडौँका  प्रमुख  जिल्ला  अधिकारी  कालीप्रसाद  पराजुलीले  विद्यालयहरू सरकारबाट जारी ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही यही २० गते आइतबारबाट सञ्चालन गर्न सकिने  व्यवस्था  गरिएको  जानकारी  दिए ।  विद्यालय  सञ्चालन  गर्न  स्थानीय  तहहरूले  जिल्ला  कोभिड–१९  सङ्कट  व्यवस्थापन  केन्द्र  ९डी–सीसीएमसी०सँग  समन्वय  गर्नुपर्ने बताइएको छ ।  

त्यस्तै  चलचित्र  भवन,  सार्वजनिक  उद्यान,  चिडियाखाना,  स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय  डिस्को–डान्स,  दोहोरी  रेस्टुराँ,  क्लब  तथा  पप  बार  पनि  खुला गरिएका छन् । २०७७ साल चैतबाट बन्द यी व्यवसाय करिब छ महिनापछि खुलेका हुन् ।   त्यस्तै  अनावश्यक  भीडभाड,  सभा जुलुस, जात्रा महोत्सव, भोज र चाडपर्व मनाउनसमेत निषेध गरिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस