चीनसँगको सीमा विवाद समाधान गर्न सरकारले अध्ययन समिति बनाउने

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १९ : २८
चीनसँगको सीमा विवाद समाधान गर्न सरकारले अध्ययन समिति बनाउने

काठमाडौं । सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस