धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानामाथि छानविन गर्न समिति गठन

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १९ : ०५
धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानामाथि छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानामाथि छानविन गर्न समिति गठन गरेको छ । ढुंगानाले कानुनविपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको हो । सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस