काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आसन्न १४ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । पार्टीमा उनी रामचन्द्र पौडेल समूहमा छन् ।
पत्रकार सम्मेलनमा गुरुङले नेता कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए ।
यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घाेषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।
कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ । वडा र पालिका तहको भने यसै महिना सम्पन्न हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल