सेयर बजारमा १ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहीत

बुधबार, ०५ बैशाख २०७५, १७ : ३६
सेयर बजारमा १ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहीत

काठमाडौं । सेयर बजारमा लामो समयपछि बुधबार १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । लगातार घटेको बजारले केही दिन यता लय पक्रन थालेको छ ।

बजार बढ्दा पनि कारोबार रकम नबढ्ने गरेकोमा आज भने कारोबार रकममा पनि उत्साहपूर्र्ण बृद्धि देखिएको छ । नेप्से परिसूचक बुधबार ३१.८३ अंकले बढेर १३६३.०१ बिन्दुमा आएर रोकिएको छ ।  आज १६६ कम्पनी कारोबारमा आएका थिए । बजार २.३९ प्रतिशतले बढ्दा १ अर्ब १२ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । सबै समुहमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत समुह १०७.७३ अंकले बढेको छ भने विकास बैंक ३५.६४ अंकले बढेको छ ।

बिमा समुह तर्फ ६३.५१ अंकले बढ्दा बाणिज्य बैंक समुह ३२.८९ अंकले बढेको छ । युनाइटेड इन्सुरेन्सले २४० प्रतिशत हकप्रद निष्काशन गर्ने खबरले लगानीकर्ता यही कम्पनीतर्फ तानिएका छन् । युनाइटेड इन्सुरेन्सको ५ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको करोबार भएको छ । दोस्रोमा  चिलिमे जलविद्युत कम्पनीको ३ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस