प्रधानमन्त्री देउवाले किन पठाए ओली भेट्न कानुनमन्त्री कार्की ?

मंगलबार राती केपी ओली र कानुनमन्त्री बीच ढेड घण्टा छलफल

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, ०९ : ५३
प्रधानमन्त्री देउवाले किन पठाए ओली भेट्न कानुनमन्त्री कार्की ?

काठमाडौं । ४२ महिना सरकारको कुर्सीमा बसेका र थप समय पनि आफुलाई कसैले कुर्सीबाट हटाउन नसक्ने दाबी गरिरहेका एमाले अध्यक्ष केपी ओली अहिले सबैभन्दा आक्रोशित कोहीसँग भएका छन भने त्यो प्रधानमन्त्री शेरबहादुर देउवासँग हो ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग त ओली नेकपामै रहँदा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि देखिको आक्रोश र रिस सेलाएकै छैन् । तर देउवा आफ्ना लागि अलि सहयोगी हुने ठानी सरकारमा रहँदै देउवाका केही मानिसलाई सम्वैधानिक नियुक्ति दिएका थिए ।

तर अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भए । त्यसपछि देउवाले दल विभाजन अध्यादेश ल्याएर माधव नेपाललाई सहज बनाईदिएपछि र एमाले विभाजनमा अध्यादेश ल्याएपछि देउवासँग ओली आक्रोशित थिए । प्रधानमन्त्री नियुक्त हुँदा देउवालाई सपथ ग्रहण समारोहमा औपचारिक बधाई सम्म दिन नगएका ओलीले संसदमा देउवाले विश्वासको मत लिने बेला एकपटक ल बधाई छ मात्र भन्न भ्याएका थिए ।

देउवाले ओलीसँगको सम्बन्ध सुधारका लागि आफ्ना दुत ओली निवास पठाएका छन् । देउवाले हिजो बेलुकी कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई आफ्नो दुतका रुपमा ओलीसँग भेट्नका लागि पठाएका छन् । ओली र कार्की बीचमा झण्डै साढे दुई घण्टा कुराकानी भएको स्रोतले बताएको छ । यद्यपी, छलफलका विषय के थिए भन्ने बारेमा दुवै पक्षले केही बताएका छैनन् । 

त्यसपछि देउवाले राजनीतिक दल सम्बन्धी ऐनमा लचिलो प्रावधान सहितको अध्यादेश ल्याईदिए । जसले माधव नेपालको राजनीतिक भविश्य मात्र जोगाएनन्, एमालेलाई केन्द्र देखि तल्लो तहसम्मै विभाजित बनाईदियो । देउवाको आफनो सरकारको भविश्य पनि सुरक्षित बन्यो । जसकाकारण देउवासँग ओली रिसाएका थिए ।

तर देउवाले ओलीसँगको सम्बन्ध सुधारका लागि आफ्ना दुत ओली निवास पठाएका छन् । देउवाले हिजो बेलुकी कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई आफ्नो दुतका रुपमा ओलीसँग भेट्नका लागि पठाएका छन् । ओली र कार्की बीचमा झण्डै साढे दुई घण्टा कुराकानी भएको स्रोतले बताएको छ । यद्यपी, छलफलका विषय के थिए भन्ने बारेमा दुवै पक्षले केही बताएका छैनन् । 

संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेर आफना दुतका रुपमा कानुनमन्त्रीलाई ओली निवास पठाएको बुझिएको छ । देउवाले एमसीसी संसदमा लगेर पारित गर्नुपर्ने र अब संसद बैठक बोलाउनु पर्ने मत राखेपछि एमालेले संसदमा माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्न लेखेको पत्रमा सभामुखले अर्घेल्यो गरेको भन्दै ओली आक्रोशित थिए ।

अदालत, सभामुख सबैतिर अहिले ओलीले आरोपको निसाना लगाईरहेका छन् । यही बहानामा संसदमा एमालेले अवरोध गर्ने सम्मका काम गर्न सक्ने सत्ता गठबन्धन दलभित्र छलफल चलेको थियो । त्यसपछि प्रधानमन्त्रीले ओलीको सहयोगको अपेक्षा सहित कानुनमन्त्रीलाई बालकोट पठाएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस