काठमाडौं । दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सुरक्षा निकाय एसएसबीको उपस्थिति रहेको गृह मन्त्रालयले जनाएको छ । दार्चुलाको व्यास गाउँपालिका–२, खाङदाङका धामी मालघाटबाट साउन १५ गते तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा बेपत्ता भएका थिए ।
घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले मङ्गलबार गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनअनुसार घटना हुँदा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थिति रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए ।
उनले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै स्थलगत रूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आफू आशावादी रहेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ भदौ २०७८, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन