शेयर बजारमा उच्च अंकको गिरावट

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १५ : ५६
शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । तीब्र गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से २९ सयको रेन्जमा झर्न पुगेको छ । अघिल्लो साता करिब ३२ सयको रेन्जमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार नेप्से परिसूचक एकैदिन ६९.०५ अंकले घट्दै २९ सय ७५.८४ विन्दुमा झरेको छ । त्यसो त नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.३४ अंकले घट्दै ५५०.५२ विन्दुमा झर्न पुगेको छ । 

यस दिन सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे बनेको छ । तथापि, ६९.०५ अंकले घटेको बजारमा कारोबार रकम भने खासै बढ्न सकेन । 

नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३१ लाख कित्ता माथिको सेयर १ लाख ३० हजार बढी पटक बजारमा किनबेच हुँदा जम्मा १३ अर्ब २५ करोड ९६ लाखको कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस