काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले अवैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिएको बताएका छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सामान्य सुचना टाँस नगरी अवैध विधायिकी अधिकार प्रयोग गरेर सर्वोच्च अदालातको समानान्तर अभ्यास गरेको आरोप लगाएका हुन् । उनले सभामुख सापकोटा न्यायधीश जस्तो बनेर कसैको पद रिक्त नहुने फैसला गरेको टिप्पणीसमेत गरेका छन् ।
‘पार्टीको ह्विप उलंघन गर्ने १४ सांसदहरुलाई केन्द्रीय कमिटी र संसदीय दलबाट आवश्यक प्रक्रिया पूरा गरी कारबाही गरी निष्कासन गरिएकोमा जनयुद्धबाट आएका गुरिल्ला सभामुख अग्निप्रसाद सापकोटाले सामान्य सूचना टाँस गर्नु पर्नेमा अबैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिनेगरी सर्वोच्च अदालातको समानान्तर अभ्यास गरेर न्यायधीश जस्तो कसैको पद रिक्त नहुने फैसला सुनाएछन्,’ उनले भनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यावद र बाबुराम भट्टराईको एकमात्र अभिष्ट एमाले सिध्याउने छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको पनि उनले बताएका छन् । त्यसैको कारण अदालतको सेटिङ्गमा परमादेश जारी र देउवा पदमा पुगेको आरोप लगाएका छन् ।
उनले बिगतमा राजपाको सांसद सरिता गिरी, पूर्व माओवादी सांसदहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह लगायतलाई आफैले कारबाही गरेको कारवाहीको जजिरलाई सभामुख आफैँले चुनौति दिएको पनि बताएका छन् । सभामुखको विभेदकारी र गैरसंसदीय निर्णयलाई पटक पटक जवाफ दिनु पर्ने नेता बस्नेतको भनाइ छ ।
प्रधानमन्त्री देउवाको असक्षमता र अकर्मण्यताको कारण मुलुक बिकासको गतिविधि रोक्ने र अनिर्णयको बन्दी बनिरहेको बेला सभामुखले झन द्वन्द्व बढाउने काम गरेहको नेता बस्नेतको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’