काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले अवैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिएको बताएका छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सामान्य सुचना टाँस नगरी अवैध विधायिकी अधिकार प्रयोग गरेर सर्वोच्च अदालातको समानान्तर अभ्यास गरेको आरोप लगाएका हुन् । उनले सभामुख सापकोटा न्यायधीश जस्तो बनेर कसैको पद रिक्त नहुने फैसला गरेको टिप्पणीसमेत गरेका छन् ।
‘पार्टीको ह्विप उलंघन गर्ने १४ सांसदहरुलाई केन्द्रीय कमिटी र संसदीय दलबाट आवश्यक प्रक्रिया पूरा गरी कारबाही गरी निष्कासन गरिएकोमा जनयुद्धबाट आएका गुरिल्ला सभामुख अग्निप्रसाद सापकोटाले सामान्य सूचना टाँस गर्नु पर्नेमा अबैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिनेगरी सर्वोच्च अदालातको समानान्तर अभ्यास गरेर न्यायधीश जस्तो कसैको पद रिक्त नहुने फैसला सुनाएछन्,’ उनले भनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यावद र बाबुराम भट्टराईको एकमात्र अभिष्ट एमाले सिध्याउने छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको पनि उनले बताएका छन् । त्यसैको कारण अदालतको सेटिङ्गमा परमादेश जारी र देउवा पदमा पुगेको आरोप लगाएका छन् ।
उनले बिगतमा राजपाको सांसद सरिता गिरी, पूर्व माओवादी सांसदहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह लगायतलाई आफैले कारबाही गरेको कारवाहीको जजिरलाई सभामुख आफैँले चुनौति दिएको पनि बताएका छन् । सभामुखको विभेदकारी र गैरसंसदीय निर्णयलाई पटक पटक जवाफ दिनु पर्ने नेता बस्नेतको भनाइ छ ।
प्रधानमन्त्री देउवाको असक्षमता र अकर्मण्यताको कारण मुलुक बिकासको गतिविधि रोक्ने र अनिर्णयको बन्दी बनिरहेको बेला सभामुखले झन द्वन्द्व बढाउने काम गरेहको नेता बस्नेतको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत