काठमाडौं । यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बढी पहिरामा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ ।
जेठ ३० यता एक हजार ८७ पशु चौपाय मरेको छ । उक्त अवधिमा एक हजार १३० विपद्का घटनाबाट एक हजार २०९ घर परिवारका पाँच हजार ९२४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी आजसम्म ९१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन् ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । बाढीपहिरामा परी ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरामा परेका एक हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ भदौ २०७८, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम