अमेरिकाले गर्यो अफगानिस्तानमा ड्रोन हमला, विस्फोटका मास्टरमाइन्ड मारिएको दाबी

एजेन्सी

शनिबार, १२ भदौ २०७८, ०८ : १९
अमेरिकाले गर्यो अफगानिस्तानमा ड्रोन हमला, विस्फोटका मास्टरमाइन्ड मारिएको दाबी

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई ठेगान लगाइदिने भन्दै हवाइ (ड्रोन) हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार काबुल एयरपोर्टमा भएको विस्फोटका मास्टरमाइन्ड ड्रोन हमलामा मारिएका छन् । 

CG Hills

शुक्रबार काबुल एयरपोर्टमा भएको हमलापछि अमेरिकाले बदला लिने चेतावनी दिएको थियो । काबुल बम विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको थियो ।

सो बिस्फोटमा १७० जनाको मृत्यु भइसकेको छ । जसमा १३ अमेरिकी सैनिक समेत रहेका छन् । यस्तै दुई ब्रिटीश नागरिकको पनि मृत्यु भएको छ भने १२ सय बढी मानिस घाइते भएका छन् ।