सामान्य बढ्यो विदेशी लगानी

पत्रपत्रिकाबाट

शनिबार, १२ भदौ २०७८, ०७ : ४६
सामान्य बढ्यो विदेशी लगानी

काठमाडौं । कोभिड–१९  सङ्क्रमणका  कारण  नेपाल भित्रने विदेशी लगानी पनि प्रभावित भएको  छ ।  नेपाल  राष्ट्र  बैङ्कले सार्वजनिक  गरेको गत  आर्थिक वर्ष २०७७-७८ को आर्थिक तथा वित्तीयसम्बन्धी   प्रतिवेदनअनुसार गत   आवमा   विदेशी   लगानीमा सामान्य    मात्र    वृद्धि    भएको देखिएको   छ। 

प्रतिवेदनअनुसार गत  आवमा  १९  अर्ब  ९०  करोड रुपियाँ  विदेशी  लगानी  भित्रिएको छ।  यो  आव  २०७६-७७  को तुलनामा  केवल  १.२ प्रतिशतले मात्र   बढी   हो।   उक्त   आवमा नेपालले  १९  अर्ब  ६७  करोड रुपियाँ  विदेशी  लगानी  भित्र्याएको थियो ।

विश्व  अर्थतन्त्र  नै  कोभिड–१९ का कारण आक्रान्त बनिरहेको अवस्थामा  नेपाल  भित्रने  लगानी पनि  बढ्न  नसकेको  हो।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस