अफगानिस्तान विमानस्थलमा बम विस्फोट : अमेरिकी सेनासहित मृत्यु हुनेको संख्या ६० पुग्यो

एजेन्सी

शुक्रबार, ११ भदौ २०७८, ०९ : ०१
अफगानिस्तान विमानस्थलमा बम विस्फोट : अमेरिकी सेनासहित मृत्यु हुनेको संख्या ६० पुग्यो

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएकोबम विस्फोटमा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

यस्तै पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । 

पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो ।

स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो । त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस