काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी योद्धा जेबी टुहरेको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशित गर्दै झण्डै आधा शताब्दिभन्दा बढी समय नेपाली जनवादी गीत, सङ्गीतमार्फत जनताको मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने जनगायक टुहरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरे ।
संविधानसभा सदस्य एवं माओवादी केन्द्रका सल्लाहकारसमेत रहनुभएका टुहुरेको आज उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । अध्यक्ष दाहालले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा टुहरेले पु¥याउनुभएको विशिष्ठ योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । त्यसअघि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र वर्षमान पुनलगायतले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।
टुहरेलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तथा कार्यकर्ता, शुभेच्छुक पेरिसडाँडा पुग्नुभएको थियो । टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छाँै दासी भई सुखको सधैँ प्यासी बनेर’लगायतका गीत लोकप्रिय छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० भदौ २०७८, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड