काठमाडौं । नेकपा एमालेले आफ्नो भातृसंगठनहरुलाई जेठ २ कै अवस्थामा फर्काउन अर्को कार्यदल गठन गरेको छ । यो कार्यदलले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने भएको छ । केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।
यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदलले सहजीकरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?
आनन्द पोखरेलले दिए एमाले उपमहासचिवमा उम्मेदवारी
ओलीले गराए अध्यक्ष पदमा उम्मेदवारी दर्ता