काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७ दशमलव ५७ अंकले घटेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ ।
कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।बिहीबार विकास बैंक र हाइड्रोपावर धेरै बढेको छ ।
हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ ।यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०.६४ प्रतिशतले बढेको छ । बाँकी सबै समूहहरु १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट