जलेश्वर । विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । बुधबार बिहानदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।
अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।
वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् ।
विभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० भदौ २०७८, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल
हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन