चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, १७ : ५२
चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा आज पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।  

चितवनका विभिन्न अस्पतालमा १५९ जना कोरोनाका बिरामीहरुले उपचार गराइरहेका छन् । त्यसैगरी चितवनमा आज १३० जना कोरोना संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस