पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण माडी जाने बाटोमा आकासे पुल बनेन् : पुर्व प्रधानमन्त्री प्रचण्ड

प्रकाश सिग्देल

बुधबार, ०९ भदौ २०७८, १३ : १३
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण माडी जाने बाटोमा आकासे पुल बनेन् : पुर्व प्रधानमन्त्री प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवनको विकासको बाधक भएको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधामन्त्री ओलीले सहयोग गरेको भए माडी जाने बाटो उहि बेलामा आफुले निर्वाचनका बेला भने अनुसारको आकासे पुल सुरुगं मार्ग या स्तरीय पिच सहितको बाटो बनी सक्ने स्थितिमा पुग्ने उनले बताए ।

आफुले चाहे अनुरुपको विकास चितवनमा हुन नदिन ओली र उहाँको सरकारले अनेक प्रपन्च गरेपनि चितवनको विकास गर्न आफू धेरै सफल भएको दाहालको भनाई छ ।आफैंले बनाएको प्रधानमन्त्री चितवन र मप्रति यतिधेरै नकरात्मक र पूवाग्रही बन्नुभयो’, दाहालले भने, ‘निर्वाचनपछिको अवधि मिठो रहेन ।’

भरतपुर महानगरले लायन्सचोकमा सार्बजनिक निजी साझेदारी ३ पि अवधारणामा निर्माण गर्न लागेको भरतपुर मेट्रो प्लाजाको शिलन्यास गर्दै उनले ओली नेतृत्वको सरकारको रबैयाप्रति खुब आलोचना गरे ।

उनले ठूला विकास आयोजनाहरु सुरु गर्न खोज्दा आफूमाथि प्रहार र निषेध गरेको आरोप लगाए । भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न आवाश्यक  बजेटे विनियोजन नगरेको भन्दै असन्तुष्टी समेत जनाए ।

‘केन्द्रबाट धेरै मिहेनत गरेर चितवनमा यति बिकास भयो, उनले  भने, ‘सिटीहलको शिलन्यास गर्ने बेला भएको लुछाचुडीको अनुभूति गर्नुभएकै छ, इन्टरनेशनल क्रिकेट रंगशाला निर्माणका गतिविधि देख्नुभएकै छ ।अहिलेको सरकारले चितवन र समग्र देशको विकासमा अग्रगामी छलागं मार्ने उनले विश्वास दिए ।

दाहालले चितवन–हेटौडा–नवलपुर दाउन्नेलाई समेटेर एउटै विकास प्राधिकरण बनाउनुपर्नेमा पनि जोड दिए । ‘नारायणीको डिपिआर बनेको छ, मलाई विश्वास छ, अहिलेको नयाँ सरकाले कञ्जुस्याई गर्ने छैन’, उनले भने, ‘डिपिआर अनुसारको पैसा राखेर निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।’

दाहालले चितवन–हेटौडा–नवलपुर दाउन्नेलाई समेटेर एउटै विकास प्राधिकरण बनाउनुपर्नेमा पनि जोड दिए । बृहत्तर परियोजनामार्फत विकास गर्न पहल गर्ने बताए ।

पुर्वप्रधानमन्त्री ओलीले संबिधान र व्यवस्थामाथि गरेको प्रहार प्रतिगमननै हो भन्दै व्यवस्था र संबिधान जोगाउँन परिर्वतन र व्यवस्थाको पक्षमा उभिएका शक्तिहरु सबैलाई समेटेर अहिलेको गठबन्धन निर्माण गरी सरकार समेत गठन भएको भन्दै यो सरकारले संबिधान र व्यवस्थालाई सहि दिशामा अगाडि बढाउँने बताए । 

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि प्रधानमन्त्री ओलिको असहयोगका बाबजुत पनि भरतपुर महानगरमा ठुला ठुला राष्ट्यि गौरवका आयोजनाहरु संचालन हुन सकेको बताईन् । महानगरमा अहिले जनताले आफैले आखाँले हेरेर अनुभुति गर्ने गरि बिकासमा धेरै प्रगती भएको बताईन् । यो विभिन्न चुनौतिका बाबजुत पनि अनेक दुख र कष्ठ सहेर महानगर देशकै गौरभ गर्न लायक महानगर बनाउने अभियानमा आफुहरु रहेको र विकासले धेरै फड्को मारेको दावी गरीन् । महानगर विकासको अभियानमा हातेमालो गर्ने सबै प्रति दाहालले धन्यबाद समेत ब्यक्त गरीन् । यो प्लाजा निमार्णमा पनि आफुहरुले धेरै मेहनत र अध्ययन पछि शिलन्यासको चरणमा पुग्न सफल भएको उनको भनाई थियो ।यहाँ बन्न लागेको भरतपुर मेट्रो प्लाजा ३० वर्षसम्म निजी क्षेत्रले सञ्चालन गर्न पाउँनेछ । पीपी मोडेलमा ३ वर्षभित्र निर्माण गरेपछि सो प्लाजा निजी क्षेत्रले नै उपभोग गरेर महानगरलाई राजश्व बुझाउने छ ।

महानगरको साढे ११ कट्टठा जग्गामा निजी क्षेत्रले करिब २ अर्ब लगानी गरेर प्लाजा बनाउँनेछन । आर्य बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालीलाई निर्माण तथा सञ्चालनको जिम्मा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस