सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।
सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ भदौ २०७८, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी र नारायणीमा बेपत्ता भएका दुई जनाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता