काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको लागि निर्वाचन आयोगमा ५१ जनाको मात्र सनाखत हुने भएको छ ।
निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको छ । नेकपा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये नयाँ पार्टी दर्ताको लागि माधव नेपालले ५८ जनाको नाम पेस गरेका छन् । तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।
सात जना नेताहरुको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीका अनुसार दल दर्ताको निवेदनमा जजसको हस्ताक्षर उनीहरूलाई मात्र बुधबार बोलाइएको छ ।
दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ । यद्यपी आयोगले यस विषयमा ठोस निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश