काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको लागि निर्वाचन आयोगमा ५१ जनाको मात्र सनाखत हुने भएको छ ।
निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको छ । नेकपा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये नयाँ पार्टी दर्ताको लागि माधव नेपालले ५८ जनाको नाम पेस गरेका छन् । तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।
सात जना नेताहरुको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीका अनुसार दल दर्ताको निवेदनमा जजसको हस्ताक्षर उनीहरूलाई मात्र बुधबार बोलाइएको छ ।
दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ । यद्यपी आयोगले यस विषयमा ठोस निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड