गृहमन्त्री खाँड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १३ : ३६
गृहमन्त्री खाँड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले गृहमन्त्री बालकृष्ण खाँडसंग  भेटवार्ता गरेका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेका चौंथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटेका छन् ।

गृहमन्त्री खाँड र चौथाइवालेबीचको भेटवार्ताको विषयवस्तुबारे आफूलाई जानकारी नभएको गृहप्रवक्ता फणीन्द्रमणी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस