लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।
निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।
सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्रीहरू प्रदेशसभा सदस्यहरू प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी