काठमाडौं । नेपाली बजारमा सुनचाँदीकै मूल्य आज बढेको छ । गत सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य (आज) मंगलबार तोलामै ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो ।
यस्तै, यता चाँदीको मूल्य समेत गत सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा राम्रै किनबेच हुने तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?