काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) चन्द्रागिरिमा जारी पार्टीको केन्द्रीय समिति बैठकले १० बुंदे घोषणा पत्र जारी गर्ने भएको छ । पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।
सो बैठकमा पार्टीको विधान तथा नियमावलीमाथि छलफल हुने बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र जारी गर्ने छ। बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्।
नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ।
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले तयार पारेको पार्टीको घोषणा पत्र र अन्तरिम विधान आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड