काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) चन्द्रागिरिमा जारी पार्टीको केन्द्रीय समिति बैठकले १० बुंदे घोषणा पत्र जारी गर्ने भएको छ । पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।
सो बैठकमा पार्टीको विधान तथा नियमावलीमाथि छलफल हुने बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र जारी गर्ने छ। बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्।
नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ।
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले तयार पारेको पार्टीको घोषणा पत्र र अन्तरिम विधान आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश