सुर्खेत । बलात्कारको भिडियो बाहिरिएपछि काठमाडौंबाट सोमबार सुर्खेत आइपुगेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सार्वजनिक भएका समाचारका विषयमा आफूले अध्ययन गर्न नपाएको बताएका छन्। उनले समाचारको विषयबस्तु र आएका प्रतिक्रियाका बारेमा आफूसँग प्रश्न गर्न भने।
‘तपाईलाई राजीनामा चाहिएको हो भने भन्नुहोस्, अहिलेनै दिन तयार छु,’ भिडियोका बारेमा नागरिकले सोधेको प्रश्नमा मन्त्री शाहीले भने, ‘प्रतिक्रिया हेर्नुहोस् अनि प्रश्न गर्नुहोस्।’ उनले पत्रिकाले समाचार लेख्दैमा ‘केही नहुने’ प्रतिक्रिया दिए। ‘समाचार लेख्ने वित्तिकै सारा संसार तपाईहरुनै होरु,’ उनले भने, ‘म पनि चार वर्ष पत्रकारिता गरेर आएको व्यक्ति हुँ।’
मन्त्री शाहीले तत्काल आफूले राजीनामा नदिने बताए। नागरिकसँग प्रतिक्रिया दिन नमानेका शाहीले नेपालीरैवारसँग कुरा गर्दै आफूले कुनै गम्भीर अपराध नगरेको र बजार हल्ला तथ्यहिन भएको दावी गरेका थिए। ‘आजै राजीनामा दिनलाई के अपराध गरेको छुरु,’ मन्त्री शाहीले प्रश्न गर्दै भने, ‘आरोप लगाउनेलेनै अफवाह फैलाएको भनिराख्नु भएको छ, म कसरी अपराधी भएरु’
मन्त्री शाहीले आफूमाथि लागेको आरोप गलत भएको दावी गरेपनि उनका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले घटना सत्य भएको बताएका छन्। ‘तत्कालीन अवस्थामा मन्त्रीन्यू माननीय हुँदा महिला अविवाहित थिइन्, घटना त्यतिबेला भएको हो,’ उनले कुराकानीमा भनेका छन्, ‘बार्गेनिङ नमिलेपछि अहिले बाहिर आएको हो।’
महासंघको विरोध
मन्त्रीमाथि बलात्कारको समाचार सार्वजनिक भएपछि नागरिककर्मी नगेन्द्र उपाध्याय र अन्नपूर्ण पोष्टका संवाददाता विष्णु न्यौपानेमाथि मन्त्री शाहीको सचिवालय र उनी निकटबाट निरन्तर धम्की आउन थालेको छ। मन्त्रीका स्वीकय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीले सार्वजनिक स्थलमै घाँटी छिनाल्ने धम्की दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०८ भदौ २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ