काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
यस्तै मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै