प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा आज पनि अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १३ : ५७
प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा आज पनि अवरुद्ध

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ । आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएपछि लुम्बिनी एमाले आक्रोशित भएको छ ।

लुम्बिनी एमालेले कारवाही गरेका सांसद वली र शाहीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान लिएको छ

प्रतिक्रिया दिनुहोस