बेनी । म्याग्दी स्थित बेनी –३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले एक घर बगाएको छ । ४५ घरधुरीको बसोबास रहेको दूधेखोलाको बस्ती बाढी र कटानको जोखिममा परेको छ ।
भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनुका साथै जोखिम बनाएको हो। बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको वडा सदस्य गेमप्रसाद घर्तिले बताए।
‘नारायण पुन र तिलाराम थापाको घर उच्च जोखिममा छन्’, उनले भने, ‘दूधेखोलाको दायाँ र बायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ।’ नारायण पुनको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ। करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ। स्थानीयबासीहरुले जोखिमयुक्त घरका सामान सारेका थिए।
घरबासविहीन बनेका दिपा पुनका परिवारलाई खाली घरमा सारिएको स्थानीय ज्ञानबहादुर घर्तिले बताए। सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाडा र बरंजा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। सो क्षेत्रका कृषकलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली बिहान घटनास्थल पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम