बेनी । म्याग्दी स्थित बेनी –३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले एक घर बगाएको छ । ४५ घरधुरीको बसोबास रहेको दूधेखोलाको बस्ती बाढी र कटानको जोखिममा परेको छ ।
भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनुका साथै जोखिम बनाएको हो। बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको वडा सदस्य गेमप्रसाद घर्तिले बताए।
‘नारायण पुन र तिलाराम थापाको घर उच्च जोखिममा छन्’, उनले भने, ‘दूधेखोलाको दायाँ र बायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ।’ नारायण पुनको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ। करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ। स्थानीयबासीहरुले जोखिमयुक्त घरका सामान सारेका थिए।
घरबासविहीन बनेका दिपा पुनका परिवारलाई खाली घरमा सारिएको स्थानीय ज्ञानबहादुर घर्तिले बताए। सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाडा र बरंजा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। सो क्षेत्रका कृषकलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली बिहान घटनास्थल पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीसम्बन्धी पूर्व सूचना दिन साइरन जडान
बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
माझीदाईका गुनासो : दिनभरि काम गर्यो, फर्कँदा रित्तै
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो