चौतारी चितवनले जोखिम पत्रकारिता पुरस्कार वितरण गर्ने

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, ०९ : ४२
चौतारी चितवनले जोखिम पत्रकारिता पुरस्कार वितरण गर्ने

चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ ।  

प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । दुई पत्रकारले जनही १०-१० हजार रकम पुरस्कार पाउनेछन् ।

यस्तै प्रेस चौतारीले शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । बैठकले १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । बैठकले पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा.डा. शारदा थपलियाद्वारा स्थापना भएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ र प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष कार्यविधी–२०७८ लाई सुझावसहित पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस