काठमाडौ । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीका पार्टी लोसपाका नेताहरुलाई निर्वाचन आयोगले प्रस्तावित आयोगमा झिकाउने भएको छ । दर्ता प्रक्रियामा रहेका दुवै दलका नेताहरुको हस्ताक्षर सनाखत गर्न आयोगले आगामी भदौ ९ गते बहादुर भवनस्थित आयोग कार्यालयमा बोलाएको हो ।
आयोगमा नेकपा एमालेबाट बिद्रोह गरि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपाबाट हटाइएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन परेको छ ।
दुवै दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको हो । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोगको आग्रह
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस