काठमाडौ । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीका पार्टी लोसपाका नेताहरुलाई निर्वाचन आयोगले प्रस्तावित आयोगमा झिकाउने भएको छ । दर्ता प्रक्रियामा रहेका दुवै दलका नेताहरुको हस्ताक्षर सनाखत गर्न आयोगले आगामी भदौ ९ गते बहादुर भवनस्थित आयोग कार्यालयमा बोलाएको हो ।
आयोगमा नेकपा एमालेबाट बिद्रोह गरि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपाबाट हटाइएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन परेको छ ।
दुवै दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको हो । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द
समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी
निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान