हार्ट अट्याक के हो ? थाहा पाउनुहोस् के-के हुन् हार्ट अट्याकको खतरा कम गराउने खानेकुरा

एजेन्सी

शनिबार, ०५ भदौ २०७८, १३ : ११
हार्ट अट्याक के हो ? थाहा पाउनुहोस् के-के हुन् हार्ट अट्याकको खतरा कम गराउने खानेकुरा

काठमाडौं । सामान्यतया मुटु सम्बन्धी रोगलाई अंग्रेजीमा कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्तनली सम्बन्धी रोग) भनिन्छ। मुटु (हार्ट) मा लाग्ने रोग धेरै प्रकारका हुन्छन्। विशेषगरि हार्ट अट्याक र कार्डिक एरेस्टले छोटो समयमा नै मानिसहरूको प्राण लिने भएकोले यसलाई प्राणघातक रोग भन्ने गरेको पनि पाइन्छ।

विश्व स्वास्थ्य संगठन सन् २०१५ को तथ्याङ्कले विश्वमा वार्षिक करिब १ करोड ७७ लाख मानिसहरू कार्डियोभास्कुलर डिजिज (मुटु रोग) बाट मर्ने गरेको देखाएको छ। यो मानव मृत्युको ३१ प्रतिशत हिस्सा हो। त्यसकारण मुटुरोगलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ।

शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा धेरै प्रकारका रोगहरु लाग्ने सम्भावना पनि बढ्छ । सही समय र अस्वस्थकर खानेकुरा खाने गर्दा शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा कम हुँदै जान्छ । र नराम्रो कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । विशेषगरी कोलेस्ट्रोल रक्तधमनीहरुको भित्तामा बन्छ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।

कोलेस्ट्रोल कलेजोमा निर्माण हुन्छ । खानामा बोसो र कार्बोहाइड्र्रेटको मात्रा धेरै भयो भने कोलेस्ट्रोललाई प्रभावित गर्छ । यसले हृदयरोग, स्ट्रोक र एथेरोस्क्लेरोसिसको खतरा बढाउँछ । यद्यपि, फाइबरयुक्त खानेकुरा खाँदा एलडीएलको मात्रा कम गर्न मद्दत गर्छ । साथै, गम्भीर समस्याको खतरा पनि कम हुन्छ । युकेमा एक अध्ययनका अनुसार फ्याटको सट्टामा स्टार्चयुक्त खानेकुरा खाने गर्नुपर्छ । साथै, कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि चीज, मख्खन र आइसक्रिम जस्ता खानेकुरा कम खाने गर्नुपर्छ । 

फाइबर र कोलेस्ट्रोल  
सोल्युबल र इनसोल्युबल फाइबरले शरीरमा गएर कोलेस्ट्रोल कम गर्ने र धमनीमा भएको कोलेस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । 

बेरिज
ताजा बेरिजले खराब कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । ब्ल्याकबेरिमा धेरैमा मात्रामा एलडीएलको मात्रा कम गर्ने क्षमता हुन्छ । यसका साथै, लालमोहन, गुलियो चेरी, ब्लुबेरी, स्ट्रबेरी जस्ता खानेकुराले खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ ।

भन्टा 
गाढा रंगको भन्टामा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले खराब कोलेस्ट्रोललाई कम गर्छ । भन्टामा पोटाशियम र म्याग्नेशियम पाइन्छ । जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ ।

एभोकाडो
एभोकाडोलाई डाइटमा मिसाउँदा उच्च तौल भएका व्यक्तिहरुको शरीरमा कोलेस्ट्रोलको मात्रा कम भएको पाइएको एक अनुसन्धानले देखाएको छ ।

यसैगरी, दाल, गेडागुडी, मटर, चना, बदाम जस्ता खानेकुराले कोलेस्ट्रोल कम गर्नुका साथै फ्याट घटाएर हृदयघातको जोखिमबाट बचाउँछ । 

प्रतिक्रिया दिनुहोस