आफ्नो सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायसँग तालिबानको अपील

एजेन्सी

शनिबार, ०५ भदौ २०७८, ०९ : १२
आफ्नो सरकारलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायसँग तालिबानको अपील

एजेन्सी । तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । चिनियाँ सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् ।

शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् । शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता  निराधार भएको बताए ।

तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् । उनले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस