काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
मनसुनी न्यून चापीय प्रणाली नेपालबाट केही दक्षिण तर्फ रहेको छ। शनिबार दिउँसो देशभर नै सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन्।
प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै