काठमाडौँ । शिक्षा मन्त्रालय मातहतका निकायभन्दा यसअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान बोर्ड र संगठित संस्थामा अनियमितता र बेरुजु बढेको पाइएको छ । शिक्षा क्षेत्रमा ५ अर्ब ६३ करोड बेरुजु रहेकामा मन्त्रालय मातहतका त्यस्ता संस्थामा ५ अर्ब ४३ करोड बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । मन्त्रालय मातहतका निकायमा भने २० करोड मात्र बेरुजु देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयलाई महालेखा परीक्षकको कार्यालयले विगत वर्षदेखि नै सुझावको आधारमा आर्थिक विवरणलाई पारदर्शी बनाउन सुझाव दिएको छ । तर त्रिविका सबै निकाय लेखा परीक्षणमा सहभागी हुने गरेका छैनन् । विश्वविद्यालयमा ३५ प्रतिशत शिक्षक र ३२ प्रतिशत कर्मचारीको दरबन्दी रिक्त छ । प्रत्येक वर्ष त्रिवि सेवा आयोगले विज्ञापन नगर्दा शिक्षक कमचारी पदपूर्ति हुन नसकेको हो । त्यसका कारण त्रिविले सयौं शिक्षक र कर्मचारी करारमा राख्ने गरेको छ ।
त्रिविका ६१ आंगिक क्याम्पसमध्ये ६ वटा क्याम्पसले मात्रै आन्तरिक आयबाट खर्च धान्ने गरेका छन् । तीमध्ये ३३ क्याम्पसले कुल खर्चको २५ प्रतिशतसम्म पनि आम्दानी गर्ने नगरेको प्रतिवेदनमा औंल्याइएको छ । त्यसकारण विश्वविद्यालयको खर्च बर्सेनि बढ्दै गएको हो ।
विश्वविद्यालय र क्याम्पसहरूले भाडामा लगाएको जग्गा, भवनबाट पनि आम्दानी गर्न नसकेको जनाइएको छ । त्रिपुरेश्वरस्थित एक व्यापारिक कम्पनीले त्रिविको जग्गा भोगचलन गरे पनि १ करोड ५२ लाख भाडा बुझाएको छैन । पाटन संयुक्त क्याम्पसले ७१ लाख र नेपाल कमर्स क्याम्पसले १३ लाख भाडा असुलउपर गर्न सकेको छैन ।
शिक्षण संस्थाहरूको आयस्रोत घट्दै जाँदा सरकारले छुट्याएको बजेटबाट अवकाश पाउने शिक्षक र कर्मचारीलाई सुविधा दिने गरिएको छ । त्रिवि मातहतका निकायले खर्च हुन नसकेको ५ अर्ब ३८ करोड रुपैयाँ पनि फिर्ता गरेका छैनन् । पदाधिकारी, शिक्षक, कर्मचारी र संस्थाहरूको नाम यो वर्ष मात्रै ४ अर्बभन्दा बढी रकम पेस्की दिइएको छ । तर, पेस्की फर्स्योट हुन बाँकी छ । त्रिविले आफ्नो जग्गाको संरक्षण र उपभोगसमेत गर्न नसकेको प्रतिवेदनले औंल्याएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ भदौ २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
चिसो बढेपछि मुगुमा एक महिना विद्यालय बन्द
आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द, सञ्चालित परीक्षा यथावत