काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका दुवै दलका नेताले शुक्रबार फेरि नाम परिवर्तन गरेका छन्।
दुई दिनअघि नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक राख्न प्रस्ताव गरेका थिए। तर, आयोगले अर्को दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भन्दै एमालेबाट छुट्ट्याएर नयाँ दल दर्ताका लागि आयोग पुगेका माधवकुमार नेपाल पक्ष र जसपाबाट अलगिएको महन्थ ठाकुर पक्षलाई नयाँ नाम ल्याउन आग्रह गरेको हो। आयोगको आग्रहअनुसार नै दुवै पक्ष शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम दिएका हुन्।
दुई दिनमै आआफ्ना पार्टीको नाम परिवर्तनका लागि आयोगमा निवेदन दिँदै एमालेबाट अलगिएको नेपाल समूहले नेकपा एमाले समाजवादी साटो नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरेको छ। नेता राजेन्द्र पाण्डेसहितका नेता आयोग पुगेर नयाँ नाम प्रस्ताव गरेका हुन्। त्यस्तै, जसपाबाट अलग भएर गठन भएको जनता समाजवादी पार्टी लोकतान्त्रिकले पनि नाम फेरेको छ। ठाकुर नेतृत्व समूहले नयाँ दलको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राख्ने भएको छ। यसअघि जसपा नेपाल (लोकतान्त्रिक) प्रस्तावित गरेका उक्त समूहका सुरेन्द्र झा, केशव झासहित नेता शुक्रबार नै निर्वाचन आयोग पुगेका थिए।
गत फागुन २३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले मिल्दोजुल्दो नाम राख्न नपाउने फैसला गरेको थियो। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुरानै अवस्थामा रहेको भन्दै अदालतले एकीकरण गर्ने भए दुवै दलको निर्णयसहित नयाँ नाम लिएर निर्वाचन आयोग जान उनीहरूलाई भनेको थियो।
तर, आन्तरिक विवाद चरम हुँदा अदालतको आदेशसँगै नेकपा एकीकरण प्रक्रिया पूरा नहुँदै साविकको दल एमाले र माओवादी केन्द्र नै कायम भएका थिए। अहिले त्यही एमालेभित्रको असन्तुष्ट एउटा समूहले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ भदौ २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा